मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रम सम्पन्न
लण्डन
गत २६ जुलाई २०१४ शनिबारका दिन मर्दीखोला समाज यूकेको अल्डरसटस्थित मैदा जिम हलमा बार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष क्या.रि. कृष्ण बहादुर गुरुङ र मे.काजीमान गुरुङले संयुक्त रुपमा उद्घाटन गरेको सो कार्यक्रममा उपाध्यक्ष हिरामान गुरुङले स्वागत मन्तब्य कोषाध्यक्ष हर्क गुरुङले आय–व्यय र रमीला गुरुङले हेल्थ एण्ड सेफ्टीको बारेमा बोलेका थिए ।
बेलायतमा रहेका कास्की जिल्ला अन्र्तगत मर्दीखोला आसपास क्षेत्रका बासिन्दहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित विभिन्न बिषयमा अध्ययन गरेका विद्यार्थी भाइबहिनीहरुलाई सम्मान गरेका थिए । साथै सो कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष हिरामान गुरुङ लगायत कार्यसमितिका सल्लाहाकार, पदाधिकारी र सदस्यहहरुलाई समाजका अध्यक्ष क्या.रि.कृष्ण बहादुर गुरुङ तथा आमा समूहले बधाई सहित सम्मान गरेका थिए ।
त्यसैगरी कार्यक्रमको दोस्रो चरणमा शैक्षिक क्षेत्रमा उत्कृष्टता प्राप्त गरेका विद्यार्थी भाइबहिनीहरु, नयाँ दम्पत्ति र नयां सन्तान लाभ गरेका विभिन्न व्यक्तिहरुलाई बधाई सहित सम्मान गरेका थिए । सो कार्यक्रममा माया गुरुङको अध्यक्षतामा आमा टोली गठन गर्नुका साथै अर्थ संकलन समेत गरेका थिए । सो दोसा्रे चरणको कार्यक्रम सह–सचिव कुमार गुरुङले संचालन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरण पश्चात विविध सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम शुरुवात भएको थियो । सो सांस्कृतिक कार्यक्रममा अयुशा गुरुङ, प्रजु गुरुङ, सीता लामा, कुमार गुरुङ, पार्वती गुरुङ, रमीला गुरुङ, धनबहादुर गुरुङ, हरिमान गुरुङले गीत तथा नृत्य प्रस्तुत् गर्दै भरपूर मनोरञ्जन दिलाएका थिए । सो सांस्कृतिक कार्यक्रमको संचालन सांस्कृतिक सचिव सुन्दर गुरुङले संचालन गरेका थिए ।
कार्यक्रममा राफल ड्रको समेत आयोजना गरिएको थियो । सो राफल ड्रलाई नविन गुरुङ, हिरामान गुरुङ, माया गुरुङ, बिजय लक्ष्मी गुरुङ, बिनोद गुरुङ, झुमा गुरुङ र रामचन्द्र गुरुङले प्रयोजन गरेका थिए । सो रफल ड्रको कार्यक्रम सल्लाहकार आइ बहादुर गुरुङ ले सन्चालन गरेका थिए l
कार्यक्रमको अन्त्यमा विभिन्न कलाकारहरुलाई सम्मान गरेका थिए भने अध्यक्ष गुरुङले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।
अध्यक्ष क्या.रि.कृष्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रम सचिव रामचन्द्र गुरुङ संचालन गरेका थिए ।
