मर्दिखोला समाजको अध्यक्षमा फेरि हिरामान चयन
लण्डन
अल्डरसट । मर्दिखोला समाज यूकेको अध्यक्षमा पुनः हिरामान गुरुङ र आमा समूहकी अध्यक्षमा माया गुरुङ चयन भएका छन् ।
उनीहरुलाई गत शनिबार अल्डरसटस्थित भेटघाट रेस्टुरेण्टमा सम्पन्न साधारणसभाले चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद गुरुङ, महासचिवमा धर्म गुरुङ, सहसचिवमा पूर्ण गुरुङ, कोषाध्यक्षमा प्रताप गुरुङ, सहकोषाध्यक्षमा निर्मल गुरुङ, साँस्कृतिक सचिवमा सुन्दर गुरुङ, साँस्कृतिक सहसचिवमा कुमार गुरुङ, मिडिया सेक्रेटरीमा मिलन तमु चयन भएका छन् ।
त्यस्तै, भगवान गुरुङ, हेमकुमार गुरुङ, नवराज गुरुङ, प्रकाश गुरुङ, पूर्णलाल बर्देवा, मिनबहादुर गुरुङ, मोहनकुमार गुरुङ, चन्द्रसिङ्ग गुरुङ र जीतबहादुर गुरुङ सदस्यमा चयन भएका छन् ।
साधारणसभाले जुलाई महिनामा समर भेटघाट कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, स्थानीय भेँडाबारी स्कुल मर्मतका लागि सहयोग गर्न चाहने व्यक्तिहरुले स्वेच्छाले सहयोग गर्न अनुरोध समेत गरेको छ । सो विद्यालय ५० वर्ष पुगेको अवसरमा आउने २०७४ सालको पुस महिनामा स्वर्ण जयन्ती मनाउन लागेको र स्वर्ण जयन्तीमा भूतपूर्व विद्यार्थीहरुलाई निमन्त्रणा आएकोे साधारणसभा जानकारी गराइएको थियो ।
कास्की जिल्ला मर्दिखोलावासीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कोषाध्यक्ष प्रताप गुरुङले आय–व्यय प्रस्तुत् गरेका थिए । त्यस्तै, आमा समूहकी अध्यक्ष माया गुरुङले पनि आमा समूहको आयव्यय प्रस्तुत् गरिकी थिइन् । समाजका अध्यक्ष हिरामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष नवीन गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव सविन्द्रकुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
