skip to Main Content

मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रममा राहत संकलन

  • News
मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रममा राहत संकलन

लण्डन

मर्दीखोला समाज यूकेको भेटघाट कार्यक्रममा राहत संकलन
–सविन्द्र कुमार गुरुङ
मिचेट । गत शनिबार २३ मई २०१५ का दिन मर्दीखोला समाज यूकेको तमूधिं भवन मिचेटमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एकअर्कामा भेटघाट गर्ने र हालै नेपालमा गएको भूकम्पपीडितहरुको सहयोगार्थ राहत संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमलाई तमूधिका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, मर्दिखोला समाज यूकेका अध्यक्ष हिरामान गुरुङ र मर्दिखोला समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङले संयुक्त रुपमा दिपप्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । तमूधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा समाजका सल्लाहकारहरु, एनआरएनए यूकेका भूपू अध्यक्ष सूर्य गुरुङ, तमू प्ये ल्हु संघका अध्यक्ष सोम त्होर्जे तमू, तमू समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङ, मर्दिखोला समाज आमा समूहकी अध्यक्ष माया गुरुङ, धम्पुस समाज यूकेका अध्यक्ष अमर गुरुङ, एभरेष्ट टाइम्स सम्पादक हरिकुमार काजी गुरुङलगायतको बिशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको डोनेशन बक्स, कार्यक्रमबाट वचत भएको रकम र राफल ड्र बाट संकलन भएको रकम नेपालका भूकम्प पीडितहरुको राहत कोषमा जम्मा गरिने सो समाजले जनाएको छ ।
राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा समाजका सल्लाहकार स्वर्गिय हितमान गुरुङ र भूकम्पमा ज्यान गुमाएकाहरुको दिवंगत आत्माको चिरशान्तिका लागि १ मिनेट मौनधारणा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एंव तमूधिं यूकेका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, एनआरएनए यूकेका भूपू अध्यक्ष सूर्य गुरुङ, तमू प्ये ल्हु संघका अध्यक्ष सोम त्होर्जे तमू, मर्दिखोला समाज आमा समूहकी अध्यक्ष माया गुरुङ र तमू समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङले मन्तब्य प्रकट गरेका थिए ।
बेलायतमा बसोबास गर्ने मर्दिखोलाबासीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा प्रजु गुरुङ, अयुषा गुरुङ र ग्रेटर रसमोर नेपाली कम्यूनिटीका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत् गरेका थिए । सो सांस्कृतिक कार्यक्रमको संचालन सांस्कृतिक सचिव सुन्दर गुरुङले गरेका थिए भने कुमार गुरुङले डिजे गरेका थिए । त्यसैगरी भिडियोग्राफी हरिमान गुरुङ र फोटोग्राफी मिलन तमूले खिचेका थिए । कार्यक्रममा सम्पूर्ण मर्दीखोला समाजका सदस्यहरुले प्रायोजन गरेको राफल ड्रलाई सहसचिव हेम कुमार गुरुङले संचालन गरेका थिए ।
हालै तमूधिं यूकेको अध्यक्षमा चयन हुनुभएको र समाजलाई आर्थिक सहयोग गरेवापत समाजका सल्लाहकार रामचन्द्र गुरुङ तथा पबित्र गुरुङलाई खादा लगाई सम्मान गरे ।  त्यसैगरी डम्मर बहादुर गुरुङ, नारायण प्रसाद गुरुङ, हर्क बहादुर गुरुङ, बुद्धकृष्ण गुरुङ, पुष्पा कुमारी गुरुङ र सबिन्द्र कुमार गुरुङलाई खादा लगाई सम्मान गरे भने अतिथिहरुलाई माया चिनो प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष हिरामान गुरुङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उपाध्यक्ष नबिन कुमार गुरुङले स्वागत मन्तब्य प्रकट गरेका थिए भने सचिव सबिन्द्र कुमार गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

Back To Top