मर्दीखोला समाज यु के को को दोश्रो त्रैमासिक सभा सम्पन्न
लण्डन
गत शनिबार १४ फेब्रुअरी २०१५ (भ्यालेन्टाइन दिवस ) को दिनमा मर्दीखोला समाज यु के को दोश्रो त्रैमासिक सभा फर्न्बोरोको गोर्खा प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ l भ्यालेन्टाइन दिवस को शुभ अवसर पारि आफ्नै समाज को webiste www.mardikholasamajuk.com को पनि शुभरम्भ गरिएको छ हिरामन गुरुङको अध्यक्षतामा बसेको सभाले बार्षिक कार्यक्रम आयोजना गर्न उपाध्यक्ष्य नबिन गुरुङलाई र मोहन कुमार गुरुङलाइ संयोजकको जिम्मेवारी दिइएको छ उक्त सभा मा आगामी २३ मे २०१५ हुने मर्दीखोला समाज को बार्षिक कार्यक्रमको रुप रेखा तयार पारिएको थियो l अब हुने बार्षिक भेटघाटमा कार्यक्रममा मर्दीखोला समाज भित्र पर्ने सम्पूर्ण गाउ बाट आ -आफ्नो सस्कृति कार्यक्रमहरु प्रस्तुति गर्ने र उक्त कार्यक्रम आमा टोली , सस्कृति सचिब सुन्दर गुरुङ र खाम कुमार गुरुङ को संयोजकमा प्रस्तुति गर्ने भएको छ र अन्य मनोरंजन कार्यक्रम जस्तै राफल ड्रा तथा बाल बालिका हरुको लागि खेल सह – सचिब हेम कुमार गुरुङ ले संचालन गर्ने भएको छ l
सचिब कुमार गुरुङ ले संचालन गरेको सभा को शुभारम्भ अध्यक्ष्य हिरामान गुरुङ र आमा समुहको अध्यक्ष्य माया गुरुङले गरेको थियो l उनीहरुले उपस्थित सबैलाई स्वागत गर्दै मर्दीखोला समाज को उदेश्य र सम्पूर्ण सदस्य र आफुहरुको दायित्व विषयमा प्रकाश पारेका थिए । सभमा सम्पूर्ण उपस्थित सदस्य तथा आमा समूह हरुले आ – आफ्नो प्रस्ताब हरु पेश गरेको थियोl प्रस्ताबमा आर्थिक सकलन कार्यक्रम गर्नुपर्ने बडी जोड दिएको थियो l l त्यस्तै गरि website लाई संचालन गर्न तथा आर्थिक संकलन गर्न आफ्नै समाजको website मा समाजको सदस्य हरुको ब्यबसाय तथा अन्य बिज्ञापनहरु राखेर सहयोग गर्ने निर्णयगरिएको छ l अन्तमा समाजको कोष अधक्ष्य प्रताप गुरुङ र आमा समुहको तर्फा बाट अधक्ष्य माया गुरुङ बाट वर्षा भरिको आय -व्याय प्रस्तुत गरिएको थियो l यस सभाले सम्पूर्ण मर्दिखोला समाज यु के को सम्पूर्ण सदस्य तथा छो री – ज्वाई चेलीबेटी सबैलाई उपस्थिति भइ मर्दिखोलाको बार्षिक कार्यक्रम हर्ष र उल्लासमय वाताबरण मनाउन आह्वान समेत गरेको छ ।
